Friday, May 22News That Matters

स्थापना भएको १८ वर्षपछि नियमावली बन्दै

पूर्णपुष्टि, साउन ४

विशेष अदालतको स्थापना भएको १८ वर्षपछि नियमावली तर्जुमा प्रक्रिया अगाडि बढेको छ । २०५९ सालमा नै विशेष अदालत ऐन बने पनि बल्ल नियमावली बन्ने भएको हो ।

नियमावली नबन्दा कार्यविधिको सरलीकरण, फैसला कार्यान्वयनको संयन्त्र स्थापना तथा कार्यविवरण निर्धारण लगायतको व्यवस्था हुन सकेको थिएन । विशेषले असार २१ गते नियमावली तर्जुमा प्रक्रियाका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

नियमावली तर्जुमा गर्न मन्त्रालयमा पत्राचार भइसकेको अदालतले जनाएको छ । विशेष अदालत ऐन २०५९ ले ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियम बनाउन सक्ने व्यवस्था गरेको भएनि अहिलेसम्म पनि नियमावली बन्न सकेको छैन ।