
पूर्णपुष्टि, फागुन ९
माओवादी मजदुर पार्टीले एमसीसी नेपालको लागि खतराको एजेण्डा रहेको जनाएको छ । पार्टीले जिल्ला प्रशासन कार्यालय उदयपुरलाई ज्ञापन पत्र बुझाउँदै यसलाई फिर्ताको लागि दवाव स्वरुप ज्ञापन पत्र बुझाएको हो । एमसीसी सम्झौता नेपालको लागि खतरा र हानिकारक छ, यो बैदेशिक राष्ट्र शक्तिहरुको मुड भेड बन्ने थलो रहेको विज्ञाप्तीमा उल्लेख गर्दै यसलाई फिर्ता गर्नु पर्ने माग पार्टीको रहेको छ ।
पार्टीका माहासचिव हिमाल सिंह राईले एमसीसी टेवुल नगर्न भन्दै ज्ञापन पत्र बुझाएको जनाए । केन्द्रीय प्रवक्ता जगत कटुवाल समेत रही आफुहरुले पार्टीका तर्फबाट एमसीसी पास नगर्ने पक्षमा पहिल्यै बाट विरोध गर्दै आएको जनाए ।
