Tuesday, June 2News That Matters

‘एमालेलाई घेर्नेबन्दी बनाउने योजना सफल हुँदैन 

काठमाण्डौँ, फागुन १५
नेकपा ९एमाले० का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गर्नुभएको छ । बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै नेता उहाँले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताउनुभयो ।

उहाँले एमालेलाई घेर्नेबन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गर्नुभयो । प्रदेश सांसद एवं एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गर्नुभयो ।नगरपालिकाका प्रमुख उद्धव खरेलले ।स्थानीय तहको वर्तमान कार्यकालमा आफूहरुले जनताका पक्षमा धेरै काम गरेको जनाउनुभयो ।
–––