Tuesday, June 2News That Matters

एम्बुलेन्सको ठक्करबाट एक महिलाको ज्यान गयो

पूर्णपुष्टि, फागुन ९
एम्बुलेन्सले ठक्कर दिँदा एक जना महिलाको ज्यान गएको छ । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्वुलेन्सको ठक्करबाट स्कुटर चालकको ज्यान थियो । जिल्लाको इनरुवा नगरपालिका–५ कि ३८ वर्षीय निर्मला उरावलको एम्बुलेन्सले ठक्कर दिँदा ज्यान गएको हो ।
हिजो बेलुकी सवा ४ बजे प्रदेश २–०१–००१ झ ००२८ नम्बरको एम्बुुलेन्सले प्रदेश १–०२–०४१ प २१५५ नम्बरको स्कुटरलाई ठक्कर दिदा घाईते भएकी उरावको उपचारको क्रममा इनरुवा अस्पतालमा ज्यान गएको अस्पतालले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको छ ।