
पूर्णपुष्टि, कार्तिक १४ । झापामा एम्बुलेन्सको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका(४ कि ६९ बर्षिया सिता साह कल्वार रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार सोमबार साँझ सवा ५ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको श्री सिद्ददेवी कृषि सहकारी संस्था ईलामको एम्बुलेन्सले बिर्तामोड नगरपालिका–१ अदुवापुल स्थितमा पैदल यात्री बृद्धालाई ठक्कर दिएको थियो ।
एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएकी उनको उपचारको क्रममा प्रादेशीक अस्पताल भद्रपुरमा मृत्यु भएको डिएसपी दाहालले बताए । ठक्कर दिने एम्बुलेन्ससहित चालक ईलामको माईजोगमाई नगरपालिका–३ का ३६ बर्षिय सुजन प्रधानलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको डिएसपी दाहालले जनाए ।
