
उदयपुर,चैत्र ८ गते ।
उदयपुरको झिल्केमा एम्बुलेन्सको ठक्करबाट मृत्यु भएका दुवै जनाको आईतबार सामुहिक दाहसस्कार गरिएको छ । एम्बुलेन्सको ठक्करबाट त्रियुगा नगरपालिका–९ झिल्के चोक निबासी ६२ वर्षीय लिक दनुवार र १४ वर्षीय रोशन दनुवारको आफ्नै सस्कार सस्कृति अनुसार दाहसस्कार गरिएको हो ।
गत शुक्रबार साँझ साढे ६ बजे सडक छेउमा बसीरहेका उनीहरुलाई चुहाडेबाट गाईघाट तर्फ आउँदै गरेको स १ झ ४७७ नम्बरको ऐम्बुलेन्सले ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट घाईते भएका स्थानीय ६२ वर्षीय तिलक, १४ वर्षीय रोशन र ३२ वर्षीय राजकुमार दनुवार घाईते भएका थिए ।
घाईते भएका मध्ये तिलकको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो भने न्युरो अस्पताल बिराटनगरमा उपचार क्रममा रोशनको मृत्यु भएको थियो । राजकुमारको न्यूरोमा उपचार भईरहेको जनाएको छ ।
मृतका परिवारजनले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग राखेको छ भने छतीपूर्ती भराउन माग राखेको छ ।
