Wednesday, May 27News That Matters

वडाबासीलाई वडाले दियो माक्स

बेल्टार, चैत ९ गते । 

चौदण्डीगढी नगरपालिका–२ ले वडाबासीहरुलाई माक्स वितरण गरेको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै आईतबार पहिलो पटक वडाले वडावासीलाई माक्स वितरण गरेको हो ।

महामारीको रुपमा पैmलिरहेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा टेवा पु¥याउने उद्देश्यले वडाले वडाबासीहरुलाई माक्स वितरण गरेको वडा्रध्यक्ष सन्तोष सुवेदीले बताए । कोरोना भाईरस निकै कडा भाईरस भएकोले यसको कुनै औषधि भ्याक्सिन  पत्ता नलागी सकेकाले रोकथाम नै अहिलेसम्मको विकल्प भएकाले माक्स वितरण गरिएका उनले बताए ।

भाईरसबाट बच्नका लागी राम्रोसंग सावुनपानीले हात धुनु पर्ने चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक श्रीकान्त चौधरीले बताए । वडाको प्रत्येक टोल÷टोलमा वडा सदस्य र टोलविकास संस्थाहरुको नेतृत्वमा माक्स वितरण कार्य आईतबारदेखि नै शुरु भएको छ ।