Wednesday, May 27News That Matters

नेपालमा कोरोना उच्च सतर्कताका लागि प्रहरीलाई अनुशिक्षण तालिम

उदयपुर/चैत्र, ९

विश्वभर फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को नेपालमा पूर्ण सर्तकता, उच्च सतर्कता र आईपरेमा यसको नियन्त्रण गर्ने भुमिका सम्बन्धि नेपालभर प्रहरीरुलाई अनुशिक्षण तालिम दिरहेको छ । यसै बिषयमा उदयपुरमा पनि शुक्रबार देखी जिल्ला प्रहरी कार्यलय उदयपुरले स्वास्थ्यकर्मीहरु सँग प्रहरी कर्मचारीहरुलाई कोरोना बारे अनुशिक्षण तालिम दिएको छ ।

बिरामीहरुको उद्दारमा पहिले सुरक्षाकर्मी र स्वास्थ्यकर्मी नै खट्नु पर्ने हुनाको कारण आफ्नो र अरुको सुरक्षाको लागि तालिमले सिकाउने भन्दै तालिमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

सुरक्षाको हिसावले हरेक ठाउँ र यसको समस्याको निम्ति प्रहरी अग्रसर हुनु पर्ने भन्दै अरुलाई सुरक्षा गर्न आफैले पहिले यस बारे जानकारी लिइ र अरुको पनि सुरक्षा गर्नु पर्ने भएकाले प्रहरीलाई तालिम दिइएको हो ।

उद्दार कार्यमा प्रहरी र स्वास्थ्यकर्मीको भुमिका बढी हुने हँदा सहजता र जानकारीको लागि पनि स्वास्थ्यकमी सँगको समन्वयमा तालिम गरिएको हो ।

उच्च सतर्कताको लागि जिल्ला प्रहरी कार्यलय उदयपुरले कार्यलय तथा कार्यलय परिसर भिँडभाँड हुने स्थानहरुमा सरसफाईको गतिबिधि समेत बढाएको छ । कार्यलय परिसरमा ३ ठाउँ हात धुने स्थान बनाइएको छ । गेट, मुद्दा फाँट र जेलरहरुलाई भेट्ने स्थानहरुमा सावुन पानीको व्यस्था सहित हात धुने स्थानहरु बनाइएको छ ।

जिल्लाको बिभिन्न स्थान कटारी, बेल्टार, रामपुर लागएतको ठाउँहरुमा पनि सतर्कता अपनाइएको छ । जिल्ला प्रहरी कार्यलयले जिल्ला हस्पिटलमा स्वास्थ्य कर्मी प्रहरीको हेल्प डेक्सको समेत व्यवस्था गरेको छ । भने कटारीमा पनि कटारी अस्पतालले व्यवस्था गरेको छ ।

तालिममा भाईरस बारे जानकारी  जिल्ला हस्पिटल उदयपुरका डाक्टर चन्दन गुप्ताले जानकारी दिइरहेको छ । शुक्रबार देखी दिइएको तालिममा २५÷२५ जनाको दरले सहभागी गराई संञ्चालन गरिएको छ ।

फोटो फिचर