Friday, June 19News That Matters

मास्क र सेनिटाइजर कालोबजारी गर्ने ४ जना पक्राउ

पूर्णपुष्टि, चैत्र ९ गते । 

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन चौतर्फी प्रयास भइरहेको बेला कालोबजारी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले अनुगमनका क्रममा मास्क र सेनिटाइजरमा कालोबजारी गर्ने चार जनालाई पक्राउ गरेकोे हो ।

जनकपुरधाम–४ को सुस्मिता मेडिकलका सञ्चालक सर्लाहीको बरहथवा नगरपालिका–८ निबासी संजय साह र जनकपुरधाम–४ कै सम्पूर्ण मेडिकलबाट स्थानीय ३२ वर्षीय संजय साह पक्राउ परेका छन् । यि दुवै जनाले मास्कमा कालोबजारी गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, जनकपुरकै भ्रमरपुरा चोकको अटल फार्मेसीबाट धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–३ निबासी २६ वर्षीय अनिल यादव र महोत्तरीको जलेश्वर नगरपालिका–६ निबासी ३० वर्षीय प्रभन्स चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यी दुबैले सेनिटाइजरमा कालोबजारी गरेको धनुषा प्रहरी जनाएको छ ।