
उदयपुर, साउन २१ गते ।
उदयपुरमा एम्बुलेन्स दुर्घटना हुदा सात जना घाईते भएका छन् । त्रियुगा नरपालिका – ६ को चुरेमा अनियन्त्रित भई एम्बुलेन्स दुर्घटना हुदा सात जना घाईते भएका हुन् ।
उपचार गरी घर फकर्ने मानिस लिएर झापाबाट गाईघाट तर्फ आउँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेस दुर्घटनामा सात जना सवार घाईते भएको प्रहरीले जनाएको छ ।
त्रिनपा – ६ निबासी सदहरुल मिया, उनको छोरी २८ वर्षीया सहिजा मिया, ३५ वर्षीय मोहमद हमिद, ४० वर्षीया सहिपुन खातुन, ७५ वर्षीया हजरा खातुन र ११ नम्बर वडा निबासी ३२ वर्षीया अम्बिका विक र उनको छोरा ११ वषीय अशोक विक घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दुर्घटना भएको एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
