
उदयपुर, साउन २१ गते ।
उदयपुरको त्रियुगा नदिमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालका – ६ निबासी ६४ वर्षीय निरबहादुर श्रेष्ठ नदिमा डुबेर मृत्यु भएको हो ।
विहान करिब साढे ७ बजे नुहाउने क्रममा अचानक डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
