
मोरङ, साउन २१ गते ।
मोरङको लेटाङमा तीन घर जलेर नष्ट भएको छ । लेटाङ नगरपालिका – ६ घुम्तिमा
विहान अचालन आगलागी हुदा तीन घर जलेर नष्ट भएको हो ।
स्थानिय मेशबहादुर विकको भान्सा घरबाट अचानक आगलागी सुरु भएको घर र छिमेकी ठोलप्रसाद मगर र भक्तबहादुर राईको २÷२ तले घर जलेर नष्ट हुदा करिब ५० लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, बारणत्रन्त्र तथा स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
