Tuesday, May 5News That Matters

पोखरीमा डुबेर एक नाबालिकाको मृत्यु

झापा, साउन २१ गते ।

झापाको शान्ति नगरमा एक नाबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका – ६ शान्ति नगर निबासी खड्गबहादुर लिम्बुको छोरी १४ महिनाकी साखिम लिम्बुको डुबेर मृत्यु भएको हो ।

घर नजिकै रहेका माछा पोखरीको छेउमा खेल्ने क्रममा पोखरीमा डुबेर नाबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरीमा डुबेर बेहोस भएकी नाबालिकाको उपचारको लागि विर्तामोड लानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।