
पूर्णपुष्टि, माघ १८
पहिलो नेपाल स्टारको उपाधी पोखराकी एलिना गुरुङले जितेकी छिन् । नेपाल टेलिभिजनबाट प्रसारित पहिलो वाईवाई नेपाल स्टारको उपाधी गुरुङले जितेकीछिन् । शनिवार भएको ग्राण्ड फिनालीमा ४ प्रतिस्पर्धिहरु पुगेका थिए ।
४ मध्य सबै भन्दा बढी भोट प्राप्त गर्दै एलिना वाईवाई नेपाल स्टार बन्न सफल भईन् । वाईवाई नेपाल स्टार बने सँगै एलिनाले ३५ लाख पुरस्कार राशि जितेकी छिन् । साथै रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी बाट १ करोड बराबरको जिवन बिमा समेत प्राप्त गरिन् अन्य उपबिजेता ३ प्रतिस्पर्धिहरु सुरेश लामा, लक्ष्मण लिम्बु र शन्देस लामाले जनही नगद रु ५ लाख र ५० लाख बराबरको जिवन विमा प्राप्त गरेका छन् ।
