Monday, April 20News That Matters

एसिड आक्रमणमा परेकाको नि : शुल्क उपचार

पूर्णपुष्टि, साउन १४
सरकारले एसिड आक्रमणमा परेकाको उपचारसम्बन्धी कार्यविधि २०७८ पास गरेको छ । यो कार्यविधी पास भएसँगै अब एसिड आक्रमणमा पर्नेले स्वास्थ्य संस्थाबाट नि : शुल्क उपचार पाउने छन् । नेपालमा विशेषगरी युवती माथी एसिड आक्रमण हुने गरेको छ । एसिड आक्रमणमा पर्नेको राज्यले नि : शुल्क उपचार गर्नुपर्ने माग सामाजिक अभियान्ताले उठाउदै आएका थिए ।एसिड आक्रमणबाट पिडितको थप उपचारको लागी सरकारले अस्पताल समेत तोकेको छ । पिडितलाई थप उपचार गर्न त्रि.वि. शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र कृतिपुर असपताल तोकिएको छ ।