Sunday, May 17News That Matters

एसियन लाईफको उत्कृष्ट अभिकर्ताहरुलाई पुरस्कार वितरण सँगै नयाँ विमा योजना सार्वजानिक

पूणर्पुष्टि, भदौ २२

एसियन लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट उपशाखाले कम्पनीका उत्कृष्ट अभिकर्ताहरुलाई पुरस्कार वितरण गरेको छ । मानव जिवनमा विमा आवश्यकता र विमा सेवा सुरक्षाका सम्बन्धि नागरिकहरुलाई सचेत गराउँदै हिड्ने कम्पनीका १९ जना अभिकर्ताहरुलाई सम्मान, प्रोत्साहन सँगै पुरस्कार वितरण गरेको हो । गाईघाट उपशाखा प्रमुख बालकुमार राईले झोला, डायरी र र्याङकोट पुरस्कारमा प्रदान गर्नुभयो ।

पुरस्कार प्रदान गर्दै राईले सबै जना क्रियासिल अभिकर्ताहरुलाई धन्यवाद समेत ब्यक्त गर्नुभयो । उहाँले अन्य बर्षका समयहरु भन्दा आर्थिक बर्ष २०७६/०७७ मा धेरै नागरिकहरुलाई विमा गराउन सफल भएको बताउनुभयो । राईका अनुसार गत आर्थिक बर्ष १ करोड २६ लाख बराबरको प्रथम विमा, कम्पनीले गर्न सफल भएको जनाउनु भयो । राईले यसको लागि कम्पनीका सम्पूणर् कर्मचारी, अभिकर्ता, बीमित सबैलाई धन्यवाद दिनुभयो ।

पुरस्कार वितरण सँगै कम्पनीले हाल सम्मकै सबै भन्दा उत्कृष्ट नयाँ विमा योजना ल्याएको पनि जानकारी गराएको छ । कम्पनीका अनुसार एसियन बार्षिक धनलाभ विमा योजना अन्तर्गत सरल, सुलभ विमा योजना रहेको जानकारी गराएको छ । यस विमा योजनामा विमाङकीतलाई ५ प्रतिशत रकम अग्रिम भुक्तानी गरी किस्तामा सहज वातावरण बनाएको प्रमुख राईले जानकारी गराउनुभयो ।

साथै बीमा अवधीभर पूरै बीमाङको दुई गुणा सम्मको जोखिम बहनको व्यवस्था, अतिरिक्त लाभ सुविधाहरु मार्फत दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग/अशक्त सुविधा, बीमा शुल्क छुट सुविधा, एशियन क्रिटिकल केयर सुविधा, बीमा अबधी समाप्तीमा भुक्तानी हुन बाँकी बीमाङ्क र पुरै बीमाङ्कमा बोनश लगाएतका थुप्रै सुविधाहरु रहेको कम्पनीले जनाएको छ ।

यो विमा अन्य विमा योजना भन्दा सहज सरल र थप सेवा सुविधा सँगै उचित विमा योजना रहेको कम्पनीले जनाएको छ । हाल सम्म उत्कृष्ट विमा योजनाको रुपमा बिमितहरुले मन पराएको विमाको रुपमा यो बीमा योजना खडा भएको पनि प्रमुख राईले बताउनुभयो ।

तस्विरहरु