Sunday, May 17News That Matters

सर्लाहीका कृषकले मिलबाट २४ करोड रुपैयाँ अझै पाएनन्

पूर्णपुष्टि, भदौ २२

सर्लाहीका कृषकहरुले उखुको करिब २४ करोड रुपैयाँ अझै पाएका छैनन् । धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले किसानलाई २४ करोड रुपैयाँ भुक्तानी दिन  बाँकी रहेको उखु उत्पादक कृषकको गुनासो छ ।
उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाण्डौमा आन्दोलन गरेका उखु कृषक र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो ।

गत पुस १८ मा सम्झौता भएपछि केही उद्योगले भुक्तानी सुरु गरे पनि अन्नपूर्ण चिनी मिलले अझै दिएको छैन । आफूहरु काठमाण्डौ गएर धर्नामा बस्दा माग सुने जस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको कृषकहरुको आरोप छ ।

मिलले उखु विक्रि गरेको पैसा नदिदा आफूहरुको घर व्यवहार चलाउन समस्या भइरहेको कृषकहरुकोे गुनासो छ ।