Saturday, June 20News That Matters

एसियन लाईफ इन्स्योरेन्स गाईघाटद्धारा दुई मृतक परिवारलाई मृत्यु दावी भुक्तानी

पूर्णपुष्टि, साउन ४ ।
एसियन लाइफ इन्स्योरेन्स गाईघाट शाखाले दुई मृतक परिवारलाई मृत्यु दाबी भुक्तानी पू्रदान गरेको छ। चौदण्डीगढी नगरपालिका–५ का मृतक सुनिल चौधरीको परिवारलाई र त्रियुगा नगरपालिका–११ का मृतक रमित कुमार गुप्ताको परिवारलाई रु ५ लाख ८१ हजार ८ सय १ रुपैँया हस्ताण्तरण गरेको शाखा प्रमुख मेनुका खत्रीले बताएकी छन् ।

प्रमुख खत्रीका अनुसार अभिकर्ता उर्मिला खड्का कटुवालले सुनिल चौधरीको गत बैशाख १६ गते एशियन सावधिक प्लस बिमा योजनामा २० बर्षे जिवन बिमा गराएका थिए । बिमा गराएको भोली पल्टै गाईघाट आउने क्रममा सडक दुर्घटनामा परेको उनको उपचारको क्रममा विरटनगर स्थित न्युरो अस्पतालमा बैशाख २० गते मृत्यु भएको थियो । चौधरीले पहिलो किस्ता मात्र तिरेको भएतापनि नियमानुसारको सम्पुर्ण रकम निजको इच्छाइएको व्यक्तिलाई प्रदान गरिएको उनले बताइन् ।

यता मृतक रमित कुमार गुप्ताले २०७७ साल असोज ५ मा २० बर्षे बार्षिक धनलाभ जीवन बिमा योजनामा बिमा गरेका थिए । डाक्टर पढ्ने शिलशिलामा चिनमा बसोबास गर्दै आएका गुप्ताको हृदयघातको कारणले चिनमा नै मृत्यु भएको थियो । बार्षीक धनलाभ योजनामा हरेक बर्ष बिमाङ्क रकमको ५ प्रतिशत फिर्ता हुने गरेको भएतापनि उक्त मृत्युदाबीमा फिर्ता गरिएको रकम नकटाई पुरै बिमाङ्क रकम र बोनश प्रदान गरिएको हो । खत्रीले जीवन बीमाले भविष्यमा हुन सक्ने घटना रोक्न नसके पनि आर्थिक समस्या समाधानमा मद्दत गर्ने बताइन् । उनले नियमानुसार भुक्तानीमा कुनै समस्या नहुने पनि स्पष्ट पारिन्।