
पूर्णपुष्टि, असार २ । नेपाल एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समुह चरणबाटै बाहिरिएको छ । नेपालको दुई खेल लगातार वर्षाका कारण रद्ध भएपछि समुह चरणबाटै बाहिरिएको हो । सेमिफाइनल पुग्न सकेन् ।
समुह चरणको पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको नेपालको भारत ‘ए’ सँगको दोस्रो खेल बर्षका कारण रद्ध भएको थियो भने शनिबार घरेलु टोली हङकङविरुद्धको तेस्रो खेल पनि बर्षाका कारण रद्ध भएपछि नेपालको सेमिफाईनल पुग्ने लक्ष्य समाप्त भएको हो ।
तीन खेलबाट दुई अंक जोडेको नेपाल तेस्रो स्थानमा सीमित बन्यो। यो समूहबाट भारत र पाकिस्तान सेमिफाइनल पुगेका छन्। यो प्रतियोगितामा सिधै छनोट हुन नसकेको नेपालले थाइल्याण्डले अन्तिम समयमा नाम फिर्ता लिएपछि अन्तिम समयमा अवसर पाएको थियो । यस्तै समूह बी बाट श्रीलंका ए र बंगलादेश ए सेमिफाईनलमा पुगेका छन् भने युएई र मलेसिया समूह चरणबाटै बाहिरिएको छ । सेमिफाइनलका खेलहरु जुन १९ र फाइनल जुन २१ मा हुनेछ ।
