
भदौ २४ गते ।
एसीसी अन्डर १९ एसिया कप क्रिकेटको तेस्रो खेलमा नेपालले युएईलाई २ सय ८६ रनको लक्ष्य प्रस्तुत गर्दै जित हात पारेको छ । श्रीलंकामा जारी क्रिकेट खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको हो ।
नेपालका कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ६७ रनको योगदान दिएका थिए । उनले यसक्रममा ८ चौका र १ छक्का बजाएको थियो । नेपालका दुवै ओपनर शुन्य रन बनाएर पभोलियन फर्केपछि उनले आशिफ शेखसँग ७१ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपाललाई जितहा धकेलेको थियो ।
शेखले ५४ बलमा आठ चौकाको मद्दतले ४५ रनको योगदान बनाएको थियो । खेलको अन्तिम तिर आएर कमलसिंह ऐरीले नेपाललाई विशाल स्कोर तर्फ धकेलेको थियो । उनले मात्र २५ बलमा ४१ रन बनाउँदा ५ चौका र २ छक्का बजाएको थियो ।
उनले रसिद खानसँग ७० रनको योगदान दिएका थिए भने खानले ४४ रन बनाएको थियो । त्यस्तै सन्दीप जोराले ४८ रनको महत्तवपूर्ण योगदान दिएका थिए । उनले कप्तान पौडेलसँग मध्यक्रममा ८५ रनको साझेदारी गरेका थिए ।
खेलको समूह बीमा परेको नेपालले बंगलादेश र श्रीलंकासँग पराजित भएकाले प्रतियोगिताबाट बाहिरीसकेको छ । युएईले पनि अहिलेसम्म एक खेल जित्न सकेको छैन ।
