Friday, May 15News That Matters

सवल कार्यक्रमको समापन

उदयपुर, भदौ २४ गते । 

समुदायिक समुत्थान तथा खाद्य सुरक्षाका लागि दिगो विकास कार्यक्रम (सबल) को समिक्षा तथा समापन कार्यक्रम मंगलबार गाईघाटमा सम्पन्न भयो । मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेण्डेक) को आयोजनामा त्रियुगा नगरपालिकाको कार्यक्रम हलमा भएको हो ।

नगरप्रमुख बलदेव चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सवल कार्यक्रमका तथ्यांक अधिकृत अप्सरा खड्काले सवलले सन्चालन गरेका कार्यक्रमहरुको बारेमा प्रस्तुती गरेकी थिइन् । स्थानीय कृषक समुहहरु, स्रोत व्यक्ति, महिला स्वयमसेविका, जनप्रतिनिधि, पत्रकार, नगर कर्मचारी लगायतले सबलको बारेमा अनुभव प्रस्तुत गरेका थिए । सबलले आप्mनो कार्यक्रम अवधिमा खाद्य सुरक्षाका लागि कृषि उत्पादनमा जोड दिदै कृषकहरुलाई सबलीकरण गरेको जनाइएको थियो ।

हुरेण्डेक अध्यक्ष शंकर बहादुर थापाले नगर प्रमुख चौधरीलाई कार्य प्रगति विवरणसहितको पुस्तक हस्तान्तरण गरेका थिए । नगर प्रमुख चौधरीले सवलको कार्यक्रमले नगरक्षेत्रको कृषिलाई टेवा पुगेको बताए । त्यस्तै नगर सामाजिक विकास समितिका संयोजक तथा १६ नं. वडाध्याक्ष मानबहादुर राईले सवलको कार्यक्रम र गतिविधिलाई सकारात्मक रुपमा ग्रहण गरिएको बताए । कार्यक्रम हुरेण्डेकका अध्यक्ष शंकर बहादुर थापाको अध्यक्षतामा भएको थियो ।