
पूर्णपुष्टि, असार २९ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ टिमसँग ४ विकेटले पराजित भएको छ ।
शुक्रबार श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लबमा नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । पाकिस्तानका मोहमद ताहिरले अर्धशतक प्रहार गरे । उनले ५७ बल खेलेका ताहिरले ५१ रन जोडे । यस्तै ओमर बिन युसुफले ३६ रन र कमरन गुलामले ३० रन बनाए।
नेपालका बलर ललित राजवंशीले ३ विकेट लिए भने पवन सराफले २ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १७९ रन बनायो । नेपालको लागी सोमपाल कामीले अर्धशतक पुरा गरेका छन् । १०१ बल खेलेका उनले दुई छक्का र नौ चौका प्रहार गर्दै ७५ रनको योगदान गरे । उनी अन्तिम विकेटका रुपमा पेभेलियन फर्किएका थिए । प्रतिस जीसीले पनि २६ रन बनाए । माथिल्लो क्रममा कुनै पनि नेपाली ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका लागी आसिफ शेखले १२ रन बनाए, अर्जुन साउदले १७ रन बनाए, कुशल मल्ले १७ रन बनाए र गुल्सन झाले १३ रन बनाए ।
