Tuesday, April 21News That Matters

एस्ट्राजेनेकाको खोप नरोक्न डब्ल्यूएचओ आह्वान

पूर्णपुष्टि, चैत ३

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोनाविरुद्धको खोप नरोक्न आह्वान गरेको छ ।

एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएको भन्दै युरोपका विभिन्न देशले खोप लगाउने काम रोक्न थालेपछि डब्ल्यूएचओले खोपले रगत जम्ने समस्याबीच सम्बन्ध नरहेको भन्दै खोप कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

डब्ल्यूएचओले यसअघि पनि यो खोप सुरक्षित रहेको बताइसकेको छ । युरोपका एक करोड ७० लाखभन्दा धेरैले पहिलो डोज खोप लगाउँदा ४० भन्दा कम मानिसमा रगत जम्ने समस्या देखिएको थियो । त्यो खोपसँग सम्बन्धित नरहेको डब्ल्यूएचओको भनाइ रहेको जनाईएको छ ।

बेलायतले यसअघि नै एस्ट्राजेनेकाको खोप रोकिसकेको छ भने डेनमार्क, नर्वे, आइसल्याण्ड्स, इटली र रोमानीयाले पनि एस्ट्राजेनेकाको खोप लगाउन रोकेका छन् ।

त्यसैबीच थाइल्याण्ड्सका प्रधानमन्त्री प्रयुत चान ओचाले आज एस्ट्राजेनेकाकै खोप लगाउनुहुने भएको जनाईएको छ । रगत जम्ने खतरा देखिएको भन्दै थाइल्याण्डले पनि शुक्रवार एस्ट्राजेनेकाको खोप लगाउन रोकेको थियो ।

तर खोप सुरक्षित रहेको भन्दै प्रधानमन्त्री ओचाले आज खोप लगाउन लाग्नुभएको जनाईएको छ । मन्त्रिपरिषद्का सदस्यमध्ये ६० वर्ष उमेर पूरा भएका अरु मन्त्रीलाई पनि भोलि खोप लगाउने कार्यक्रम रहेको थाइल्याण्ड्सको स्वास्थ्य मन्त्रालयले जनाएको जनाईएको छ ।