Tuesday, June 9News That Matters

ओलीको प्रस्तावलाई लिखित जवाफ पठाउँदै नेपाल

पूर्णपुष्टि, जेष्ठ २४

प्रधानमन्त्री केपि शर्मा ओलीको ६ बुद्धे प्रस्ताव माथी माधव नेपाल समूहले लिखित जवाफ पठाउने तयारी गरेको  छ ।  सोमबार माधव नेपाल समूहका नेताहरुको छलफलले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको हो ।

‘उहाँको प्रस्ताव इमान्दारितापूर्वक एकताको पक्षमा ल्याइएको होइन, हामी बुँदाबुँदामा खण्डन गर्ने गरी लिखित नै तयार गर्छौं’ एक नेता भन्नुभयो ।