
एमालेका नेता भीम रावलले केपी शर्मा ओली पार्टीको अध्यक्ष नभएको बाताएक छन्। रावलले ओली पार्टीको अवैधानिक अध्यक्ष रहेको आरोप लागेका छन्।
सगरमाथा टेलिभिजनको एक कार्यक्रममा अन्तरवार्ता दिँदै रावलले केपी ओली सांसद अपरहणकारी रहेको आरोप लगाएका छन्। उनले सांसद अपहरण ओलीको निर्देशनमा भएको आरोप लगाए।
ओलीले पार्टीको नीति, नीयम विपरित पार्टी संचालन गर्दै आएको आरोप लगाउँदै रावलले भने, “ओलीले प्रधानमन्त्री पदको लागि नेकपालाई फुटायो अहिले आएर एमालेलाई पनि फुटाउने तयारीमा लागेको छ। ओलीले पार्टीको १८ करोड रकम हिनामिना गर्नुभएको छ। मलाई पार्टीको पैसा खायो भन्नुको अर्थ आफूले हिनामिना गरेको कुरालाई लुकाउन मलाई आरोप लगाएको हो।”
