
मेष
आज उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । कर्मप्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ ।
वृष
आज गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
मिथुन
आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाटसफलता मिल्दैजानेछ भने बैदेशिक यात्रा तय गर्न सकिनेछ ।
कर्कट
आज विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
सिंह
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।
कन्या
आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ ।
तुला
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।
वृश्चिक
आज नयाँ व्यक्ति संग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।
धनु
विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
मकर
आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।
कुम्भ
दिनको सुरुमा केही कठीन परिस्थितिको सामना गर्नुपरेपनि मध्य दिनपछि रोकिएका अधूरा कार्यले पूर्णता पाउनेछ ।
मीन
आज शुभकार्यको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ ।-हाम्रो पात्रोको सहयोगमा
