Saturday, June 20News That Matters

औषधि ब्यवसायी संघद्वारा फलफुल वितरण

पूर्णपुष्टि, असार १० ।

नेपाल औषधि ब्यवसायी संघ, संयुक्त जिल्ला शाखाले स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

उदयपुर अस्पताल बोक्सेमा रहेका विरामीहरुलाई संघले फलफुल वितरण गरेको हो । संघका अध्यक्ष उद्धव दाहालको नेतृत्वमा संघमा आवद्ध औषधी ब्यवसायीहरुले फलफुल वितरण गरेका हुन् ।  उदयपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका औषधी ब्यवसायीहरु मिलेर संयुक्त शाखा बनाएका हुन्   ।