Wednesday, April 22News That Matters

कंक सामुदायिक वनमा पदाधिकारी असन्तुष्टीको जालो, पत्रकार भन्दै धम्काएको आरोप

पूर्णपुष्टि, ५ चैत्र
कंग सामुदायिक वन उपभोक्ता समितिको पदाधिकारीहरु फेरवदलले व्यक्तिमा चरम असन्तुष्टी बढेको छ । सगरमाथा विमान स्थल निर्माणका लागि काटिएको काठ बेचविखन प्रक्रियामा उपभोक्ता र समितिबीच बढेको द्धन्दले काठ बिक्रि वितरणमा समस्या पर्दै आएको हो । समितिको स्वार्थका कारण बिक्रि वितरण प्रक्रिया नमिलेको र काठमा आर्थिक चलखेल हुन सक्ने भन्दै उपभोक्ताहरुले बिरोध गरेका थिए । सोही वन उपभोक्ता समितिका उपभोक्ता तथा हालको समिति सदस्य समेत रहेका सम्भु खड्काले काठ बेचविखनमा समितिको स्वार्थ बढ्दै गएपछि समितिनै ख्यारेज गरी नयाँ समिति निर्माण गर्नु पर्ने माग राखेको बताए ।

काठ बेचेको पैसा मन्त्रालयमै पठाउनु पर्ने अडान समितिले राखेपछि उपभोक्ताहरु बिच्कीएको अवस्था थियो । उभोक्ताहरुले आफ्नो समुदायको वन बेचेर मन्त्रालयको बिकास गर्न पर्ने अवस्था नरहेको र यस्तो नियम कुनै पनि हालतमा उल्लेख नरहेको भन्दै समुदायको सम्पत्ति समुदायमै खर्च गर्नु पर्ने माग राखे । सोही अवस्थामा बढेको बिबादका कारण पछिल्लो समय दुई पटक समिति फेरवदल भैसकेको छ । तत्कालिन समितिलाई फेरवदल गरी सम्भु खड्का आफै समितिको सचिवमा चयन भएका थिए भने सचिवमा रहेकी महिलालाई सदस्यमा झारिएका थिए । यता कोषाध्यक्षमा रहेकी बीर कुमारी सार्कीलाई पनि सदस्यमा झारिएको थियो ।

पछि विद्यान अनुरुप नभएको भन्दै फेरी विवाद उठ्यो । सोही विवादकाबीच मेजर पोष्टमा अनिवार्य दुई महिला सहित फेरी पदाधिकारी फेरवदल भयो । मेजर पोष्टमा अध्यक्ष र कोषाध्यक्ष यता उपाध्यक्ष र सचिव मध्ये महिला अनिवार्य गरेपछि खड्का आफै पनि सचिवबाट सदस्यमा झरे । खड्का झरे सँगै उपाध्यक्षमा रहेको केदार कार्की पनि सदस्यमै झर्नु पर्ने अवस्था आयो । खड्काका अनुसार समहतिको लागि आफुले सचिव पद त्यागेर सदस्यमा झरेको जनाए । उनले आफ्नो सचिव पदमा राजु अधिकारीलाई छाडेर आफु सदस्यमा झरेको जनाए । यता कार्कीको उपाध्यक्ष पदमा भने महिला जनवती चौधरीलाई राखे । यी स्वार्थ र दन्द्धकाबीच समितिले राम्रो काम गर्न र पूर्णता पाउन असहज मानिरेहको छ ।

सोही अवस्थामा समितिको पूर्व उपाध्यक्ष समेत रहेका वर्तमान सदस्य केदार कार्कीले भने सदस्य सम्भखु खड्कालाई पत्रकारको नाममा धम्काएको आरोप समेत लगाएको छ । खड्काले आफुलाई उपाध्यक्षमा अनकुल बनाउन आफुमाथी पत्रकारको नामगरी धम्काएको आरोप लगाए । उनले कार्कीलाई नक्कली पत्रकारको रुपमा समेत संज्ञा दिएको छ । खड्काले करिब ५० जना मासको अगाडी कुरा उठाउँदा के भन्दो रहेछ भनेर यस बुझ्न खोजेको भनेर बताएको जनाए ।

खड्काका अनुसार कार्कीले आफ्नो उपाध्यक्ष पद गुमाउन नसकी रहेको अवस्थामा मास भेला सँगैको सहमतिका कारण सदस्यमा झर्नु परेपछि असन्तुष्टी रहेको जनाए । खड्काले आफुले सचिव छोडे मात्रै कार्कीले पनि उपाध्यक्ष छाड्ने भएपछि सचिव अरुलाई नै दिएर आफु सदस्यमा झरेको र कार्की पनि सदस्यमा झर्न बाध्य भएको जनाए । आफ्नो उपाध्यक्ष पद सुरक्षित गर्न आफुलाई पत्रकार भनी धम्काएको खड्काले आरोप लगाएको छ । चैत्र ३ गते बस्न समिति सहमतिको बैठक अगावै कार्कीले खड्कालाई फोनमा धम्काएको आरोप छ । कार्कीले डिभिजन वन कार्यालय गाईघाटमा दिईएको निवेदन तत्काल फिर्ता लिनु पर्ने नत्र जेल जान तयार बएर बस्नु पर्ने धम्की आफुमाथी दिएको खड्काले आरोप लगाएको छ । यता कार्कीले भने आफुले नधम्काएको जनाएको छ । लामो समयदेखी अपलत्र काठ बिक्रि वितरणमा सबै मिलेर सामाधान गरौँ र समितिलाई चलाएमान बनाउन मिलेर जाऔँ भन्दै आफुले अनुरोध गरेको तर धम्की नदिएको कार्कीको भनाई छ । आफुले पत्रकारको नाममा भने कसैलाई नधम्काएको कार्कीको भनाई छ ।