Saturday, April 25News That Matters

कक्षा १२ को नतिजा सार्वजनिक:६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

पूर्णपुष्टि, साउन १९ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ सार्वजनिक गरेको कक्षा १२ को परीक्षाको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार ३८.८३ प्रतिशत विद्यार्थीको एनजी (नन ग्रेड) आएको छ ।

कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि शुरू भएको थियो । यस परीक्षामा देशभरका पाँच हजार २०२ विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । नियमित तर्फका विद्यार्थीहरूमध्ये एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी कुल तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए ।

आंशिक तर्फका विद्यार्थीहरूको संख्या एक लाख १५ हजार ६१७ जना रहेको छ । यसरी नियमित र आंशिक दुवै तर्फका गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले कक्षा १२ को परीक्षामा भाग लिएका थिए।