
पूर्णपुष्टि,मंसिर ५
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्षको शव भटिएको छ । वडाध्यक्ष कृष्णबहादुर रोकाया शुक्रबार बिहान मृतावस्थामा फेला परेका हो ।
५७ वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करिब १ किलोमिटर टाढा आत्महत्या गरेका अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
रोकाया बिहान ७ बजेतिर घरबाट निस्किएका उनलाई साढे १० बजे मृत भेटिएको प्रहरीले जनाएको छ ।
