
पूर्णपुष्टि, मंसिर ०५
उदयपुरको त्रियुगा नगरपालिका–११ पिपल चोकबाट दुर्लभ वन्यजन्तु सालकको खबटा सहित १ जना पक्राउ परेका छ । त्रियुगा नगरपालिका–१४ का ४१ बर्षीय पहलमान कट्वाललाई ३ सय ८० ग्राम दुर्लभ वन्यजन्तु सालकको खबटा सहित पक्रउ परेको हो ।

नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो साँढे ३ बजे साउनेबाट गाईघाट तर्फ आउँदै गरेको स १ ह २६९० नम्बरको अटोलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त अटोको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा सालकको खबटा फेलापरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार कट्वाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

