
बैदेशिक रोजगामा ठगीमा फरार प्रतिवादी ४३ बर्षिय सुजन राईलाई इलाका प्रहरी कार्यालय बेल्टारले बिहिबार पक्राउ गरेको छ ।
फरार रहेको फरार प्रतिबादी चौदण्डीगढी नगरपालिका ३ थुलुङडाँडा बस्ने ४३ वर्षिय सुजन राई पक्राउ रहेको छ ।
गोप्य सूचनाका आधारमा आफ्नै घर वतनमा लुकिछिपी बसिरहेको अबस्थामा ईलाक प्रहरी कार्यालय बेल्टारबाट खटिएको बिशेष प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिईएको हो ।
उनलाई साँझ ५ बजेको समयमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार फैसला कार्यन्वयनको लागि उदयपुर जिल्ला अदालत पठाईएको छ ।
राईलाई जिल्ला अदालत उदयपुरको फैसलाले बैदेशिक रोजगार ठगी मुद्धामा १ लाख ५० हजार र १ बर्ष ६ महिना ३ दिन कैदको फैसाला गरेको थियो ।
