
पूर्णपुष्टि, बैशाख ३०
उदयपुरको कटारीमा गोली चलेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र प्रसाद यादवका अनुसार करिब दिउँसोको ४ बजेतिर गोली चलेको जनाएको छ । गोली कसरी र किन चल्यो भन्ने कुराको अनुसन्धान भैरहेको अधिकारी यादवले जनाए ।
उदयपुरका एसपी सुवास चन्द्र वोहोराले गोली चलेको बारे आफुहरुले आधिकारिक बुझ्न नपाएको जनाएको छ । हामि यसको बिषयमा सोधखोज र अनुसन्धान गरिरहेका छौँ, गोली चलेको हल्ला आएको छ एसपी बोहोराले भने, गोली बाट क्षती भएको नभएको र कुन ठाउँमा भएको भन्नेबारे जानकारी लिरहेको एसपी बोहोराले जानकारी गराए । गोली कटारीको १० मा रहेको कालिका माध्यामिक विद्यालयको केन्द्रमा चलेको छ ।
