
पूर्णपुष्टि / उदयपुर, माघ १६ ।
कटारीको कृषकका लागि आएको सरकारी सहुलियतको मल कालाबजारी गरी बिक्री गरेको पाइएको छ। नगरपालिकाको सिफारिसमा आएको मल कालाबजारी भएको हिजो फेला परेको हो ।
कटारी ३ स्थित दुर्गा भवानी कृषि सहकारीले कृषकको पेटमा लात हान्दै मल भने कालाबजारी गरी बिक्री गरेको हो। उसले सिन्धुलीको दुधौली स्थित एक गोदामलाई बिक्री गरेको पाइएको छ। सहरी सञ्चालकहरू पेशल भट्टराई र हिरा बास्तोला दोषी रहेको बुझिएको छ । सो सहकारी र सञ्चालक नगरपालिकाको कारवाहीमा परेका छन् ।
कृषकहरु एक सक्रिय संघर्ष समितिले कालाबजारी फेला पाटेको हो।
उदयपुर कटारीको कृषकहरूका लागि सरकारी सहुलियतको मल नगरपालिकाको सिफारिसमा ल्याउने तर कृषकलाई नदिई सिन्धुलीको दुधौली स्थित एक गोदामलाई बेचेको पाइएको हो। कटारीमा ल्याउनुपर्ने मल दुधौलीको गोदाममा भण्डारण गर्दै गरेको अवस्थामा ढुवानी गर्ने मालवाहक ट्रक र मल कृषकहरुले नै बरामद गरेका थिए। प्रहरीलाई खबर गरिएपछि गोदाम सञ्चालक सहकारी सञ्चालक र गाडी नियन्त्रणमा लिएको जनाइएको छ।
कृषकलाई सहुलियत रूपमा दिनुपर्ने मल अभाव देखाउँदै बजारमा कालाबजारी गरी महँगो मूल्यमा त्यही कृषकलाई बेच्ने गरिएको छ ।कटारीका मेयर राजेश चन्द्र श्रेष्ठले यस घटनालाई गम्भीरतापूर्वक हेरिएको र दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो। सहकारीलाई खारेजी गरिएको र कारोबार बन्द गराइएको छ। साथै सम्बन्धित निकायमा उक्त विरुद्ध कारबाहीको लागि कानुनी प्रक्रिया अगाडि बढाइनेछ। यसअघि पनि एक डिलरलाई मलमा कालाबजारी हुने गरेको पाइएपछि कारबाही चलाइएको थियो ।
