Tuesday, June 9News That Matters

कटारीको पहाडी भेगमा जोखिम मोलेर यात्रा, ट्राफिक प्रहरी र चालकको लापर्वाही

पूर्णपुष्टि, भदौ ११
कटारी बाट पहाडी भेगमा चल्ने बुलेरोहरुमा यात्रा जोखिम बन्दै गएको छ । ट्राफिक प्रहरी र सवारी चालकहरुको लापर्वाहीका कारण यात्रा जोखिम बन्दै गएको हो । कटारी बाट पहाडी भेगमा चल्ले बोलेरोहरुले क्षमता भन्दा बढी यात्रुहरु हालेर जोखिम यात्रा गराईरहेको अवस्था छ । कटारीबाट रूपाटार, मयान्खु, सोरुङ छबिसे, हर्देनी , रिस्कु, बर्रे, उदयपुर गढी लगायत ठाउँमा चल्ने बोलोरेहरुमा यात्रुहरु अत्यादिक हालेर लैजाने गरेको स्थानीयहरुले जनाए ।

यसले कुनै पनि बेला दुर्घटना निम्त्याउने र ठुलो धनजनको क्षती हुनेमा सम्बन्धित निकायहरुले चासो नदेखाएको स्थानीयहरुको भनाई छ । मनपरी यात्रु चढाउने सिटमा बाहेक हुटमा समेत यात्रुहरु चढाएर लैजाने गरे पनि ट्राफिक प्रहरी भने अनुगमन र कार्वाहीमा मौन छ । सिट क्षमता भन्दा हुटमा र अत्यादिक चापमा यात्रुहरु चढाउन नपाईने भएता पनि त्यस भेगमा भने मनपरी छ । गाडी साहु र चालकहरुको लोभ र प्रहरीको अनुगमनमा चासो नहुँदा यसरी यात्रा जोखिम बन्दै गएको हो ।

यसमा कटारी ट्राफिक प्रहरीहहरुले खासै चासो नदिएको पत्रकार तथा स्थानीय अभिमन्यु लामिछानेले बताउनुभयो । उहाँले यसप्रति समयमै सम्बन्धित निकायहरु सचेत भएर सुधार गर्नु पर्ने कुरा सामाजिक संञ्जालमा समेत उठाउनुभएको छ । पहाडमा चल्ने कम सवारीसाधनका कारण पनि यात्रुहरु जोखिम यात्रा गर्न बाध्य रहेको लामिछानेको भनाई छ । तर यसरी कम सवारी साधन भयो भन्दैमा जोखिम यात्रा गर्न भने नहुने उहाँको भनाई छ । सवारी चालकले सिट भन्दा बढी मान्छे भरिभराउ र हुटमा समेत नभए सम्म गाडी नलैजाने र यात्रहरु पनि अन्य गाडी नभएको मौका पारी खाँदाखाँद गरेरै जान तयार भएपछि पैसाको लोभमा जोखिम यात्रा भैरहेको छ ।