
पूर्णपुष्टि, असोज २२
उदयपुरको कटारी नगरपालिका–८ सिरिसेको सानो दमारमा कन्टेनर दुर्घटना हुदा दुई जनाको मृत्यु भएकोा छ भने दुई जना गम्भिर घाईते भएका छन् ।
सिद्धिचरण राजमार्ग अन्तर्गत सानो दमारमा हिजो साँझ ओखलढुंगाबाट कटारी तर्फ आउँदै गरेको ना ५ ख ९४२४ नम्बरको कन्टेनर दुर्घटना भएको होे ।
कन्टेनर सडकदेखि करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मिन राना मगर र राकेशकुमार यादवको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राना स्थानीय भएको खुलेको छ भने यादवको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै योगेन्द्र दाहाल र विजय भुजेल गम्भिर घाइते भएका छन् । उनीहरुको कटारी अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि बिराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।
घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

