Tuesday, April 21News That Matters

डीभीको फारम खुल्यो

पूर्णपुष्टि, असोज २२ 

सन् २०२२ को डाइभर्सिटी भिसा डीभीको फारम खुलेको छ ।
नेपाली समय अनुसार हिजो राति पौने १० बजेदेखि फारम भर्न मिल्ने गरी खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।

डिभिको फारम भर्ने समय आगामी कार्तिक २५ (नोभेम्बर १०) सम्म तोकिएको छ । डीभीको आवेदन खुलेपछि निःशुल्क आफैंले भर्न सकिन्छ ।

आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिनेछ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ  ।

बिना शुल्क भर्न सकिने भएकाले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत दूतावासले आग्रह गरेको छ ।