
सम्भोग सृष्टिको सिर्जना हो । हरेक मानिस वा पशुपंक्षीमा सम्भोग हुन्छ । सृष्टि सञ्चालन होस् वा यौन सुख, आनन्दका लागि सम्भोग आवश्यक छ । यसकाे सहि सदुपयाेग हुदा संसार सुखमय हुन्छ त दुरूपयाेग वा विकारजन्य अवस्था बनाएमा समस्या हुन्छ ।

सम्भोगलाई रोक्न, छेक्न खोज्यो भने त्यसले मानव स्वास्थ्यमा असर पार्दछ । यसले मानसिक रोगको सिकार बनाउदछ । सम्भोगको तीब्र इच्छालाई रोक्ने कोशिस गर्ने हो भने यसले अरु काममा असर पार्दछ । सम्भोगकै बारेमा सोचेर बस्ने गर्दा अरु कामहरु असर भइरहेका हुन्छन् । कतिपय मानिसहरु सोचेर कल्पनाबाटै पनि यौन उत्तेजनामा परिरहेका हुन्छन् । तर सामान्य नेपाली समाजमा यो कुरालाई स्विकार गरिदैन । सुतिरहेको बेला होस् या एक्लो, एकान्तमा बसिरहेका बेला होस् । यौन गतिविधि र कल्पनाहरुबाटै उ उत्तेजित भइरहेको हुन्छ । उसले उत्तेजनाको महसुस गर्ने गर्दछ । सम्भोगको इच्छालाई सहि ढंगले प्रयोग गर्न सकेन भने यो नराम्रो लतमा पनि परिणत हुने गर्दछ । यौन लत पनि एक किसिमको समस्या हो । यौन लत लागेमा के हुन्छ । यसका लक्षण बारे यहाँ चर्चा गरौं ।

यौन लत पनि धुम्रपान वा मादकपदार्थको लत जस्तो हुने मनोचिकित्सकीयरुपले व्याख्या गरिएको छ । दिमागले एक त्यस्तै काम गर्दछ । दिमागको एक विशेष हिस्साले यौन लतको काम गर्दछ । यौन लत लागेका मान्छे अन्य तरहका यौन गतिविधिहरुमा पनि लाग्दछ । यस्तो अवस्थाको मानिस यौन सन्तुष्टिमा भन्दा पनि यौन क्रियाकलापमा बढि केन्द्रित हुने गर्दछ । केबल उसलाई जो कोहीसंग संभोग गर्न मन हुने गर्छ । सम्भोगको लागि तड्पीहिड्ने गर्दछ ।
यौन लतमा लागेका मान्छेको गतिविधिको कुरा गर्दा, हस्तमैथुनको लतमा लाग्ने, धेरै मान्छेसंग यौजन सम्पर्क राख्ने वा जो पायो उसैसंग यौजन सम्पर्क गर्ने, अस्लिल साहित्य वा पुस्तक, चित्र हुरु पढ्ने, असुरक्षित यौजन सम्पर्क राख्न तयार हुने, यौनकर्मी भएका ठाउँ वा बेश्याबृत्ति हुने ठाउँमा जाने वा आफै पनि बेश्याबृत्तिमा लाग्ने, अरुले यौन सम्पर्क राखेको देखेर पनि आफु आनन्दीत हुने स्वभाबका हुने गर्दछन् ।

यौन लत परेकाहरुको ब्यवहारमा पनि फरकता हुनेगर्छ । सम्भोगमा संलग्न हुने साथीको इच्छाको कुनै सम्मान नगरी आप्mनै मात्र इच्छामा केन्द्रित रहने, भावनात्मक रुपले सन्तुष्टिको कुनै अर्थ नबुभ्mने वा मतलबै नराख्ने, केबल यौन सन्तुष्टिमा रमाउने गर्दछ । नयाँ मान्छेलाई आकर्षित गर्ने र नयाँ नयाँ ब्यक्तिसंग रमाईले गर्ने बानी हुन्छ । यौनको कुरा गर्दा लज्जा महसुस गर्ने, यौन सम्पर्क गर्ने तीब्र आकांक्षालाई रोक्न नसक्ने हुने गर्दछ । पैसा, स्वास्थ्य, इज्जत प्रतिष्ठाको ख्यालै नगरी उत्तेजनाको पछि लागेर सम्भोगकै लागि तयार हुने गर्दछ । इच्छा भन्दा धेरै समयसम्म यौन गतिविधिमा संलग्न हुनेगर्दछ । यस्तो लतलाई रोक्ने कम गर्ने र नियन्त्रण गर्ने प्रयासहरु गर्दा पनि विफल हुने गर्दछ ।
यौन लतका कारण उ सामाजिकरुपमा नभिज्ने, अन्य मनोरञ्जक गतिविधिहरुबाट पनि टाढा रहने र अन्य महत्वपूर्ण काम वा जिम्मेवारीबाट पनि पन्छिने गर्दछ । सम्भोग गर्न नपाउदा बढि चिन्तत, अशान्त हुने र हिंसात्मक पनि हुन सक्ने हुन्छ । यौन लतका यस्ता लक्षणहरु हुने गर्दछन् ।
किन हुन्छ यौनको लत वा यौन लतको कारण बारे चर्चा गरौं । मस्तिष्कको प्राकृतिक केमिकलमा असन्तुलन हुन पुगेमा, मस्तिष्कमा केही रसायन जस्तो सेरोटोनिन, डोपेमाईन र नोरएपिनेफ्रीनले मस्तिष्कलाई नियन्त्रण गर्ने गर्दछ यसको उच्च स्तर यौन वा सम्भोगप्रति नै लक्षित भएमा वा लतसंग सम्बन्धीत भएमा हुन्छ । मस्तिष्कको तन्त्रिका मार्गमा परिवर्तनहरु भएमा, यौन वा सम्भोगबारे बढि नै सोचेर मस्तिष्कको तन्त्रिका तन्त्रमा हुनेवाला बदलावका कारण पनि हुनसक्छ । यसमा मुख्यरुपले मस्तिष्कलाई पोषण प्रदान गर्नेवाला केन्द्रीय हिस्सा प्रभावित हुन्छ । अरु अराव लत जस्तै यौन लतमा व्यक्तिलाई समयका साथ सन्तुष्टि या राहत पाउनको लागि अधिक यौन गतिविधि गर्ने इच्छा हुन्छ ।

मिर्गी वा डिमेन्सिया जस्ता केही रोगका कारण मस्तिष्कको विशेष हिस्सामा नोक्सानी पुग्नसक्छ । यसका कारण यौनको लत सम्भावना बढ्छ । यस वाहेक पार्किन्सन रोगको उपचारमा प्रयोग हुने केही डोपेमाइन औषधिका कारण पनि यौनको लत लाग्नसक्छ । यी विविध कारणले यौन लत लाग्नेगर्दछ । यौन लत स्वास्थ्य समस्या हो । यसले मानिसको उन्नती, प्रगति साथै पैसा, पेशा, इज्जत, प्रतिष्ठामा ठूलो आँच आउदछ ।
यौन लतको उपचार बारे पनि यहाँ चर्चा गरौं । यौन लतमा फसेको मानिसको उपचार जटिल हुन्छ । ब्यक्तिमा जति यौन लत बढ्दै जान्छ, त्यति नै उपचारमा जटिलता बढ्ने गर्दछ । तसर्थ, बेलैमा यसको उपचार जरुरी छ । मान्छेले यौन लतलाई आप्mनो ब्यवहार र विचारले उचित ठान्न थाल्छ । यसै कारण विस्तारै विस्तारै यौन लत जटिल बन्दै जान्छ । उपचारको विकल्पलाई हेर्ने हो भने अत्याधिक उत्तेजनालाई कम गर्ने र स्वस्थ्य सम्बन्धलाई बढवा दिने हुनुपर्दछ । त्यस्का लागि ब्यक्तिलाई उपचार केन्द्रमा राखेर विशेष चिकित्सकको हेरचाहमा कैयौ खराब बानीहरु वा त्यससंग सम्बन्धीत विकारलाई दुर गराउने ।
ब्यक्तिलाई संज्ञानात्मक व्यवहार थेरापी पनि गराइन्छ । ब्यक्तिको व्यवहारलाई बदल्न कैयौ तरिका प्रयोग गरिन्छ । सिबीटीको मद्दतबाट यौनको लतको हानिकारक प्रभावबाट बचाउने गर्दछ ।
अर्को उपचार पद्धती औषधिको प्रयोग हो । यौन उत्तेजना कम गर्नको लागि केही विशेष किसिमको औषधिको प्रयोग गर्ने गरिन्छ । यो उपचारको कुरा पछि यौनको लतबाट कसरी बच्न सकिन्छ वा यौन लतबाट बच्ने उपायको बारेमा चर्चा गरौं ।

यौनको लतप्रति बेलैमा सचेत र सतर्क हुने । लौन लतका साथ हुनेवाला अन्य समस्याहरुलाई तत्कालै दुर गरौं । यौन लतको समस्या पहिचान गर्ने र यसको लक्षणको विश्लेषण गरेर तत्काल उपचारमा लागे निको हुन्छ । यौन लतको लक्षणको उपचार गर्नुले यसबाट आउनसक्ने जटिलतालाई कम गर्न सकिन्छ । मानसिक विकारको उपचारमा तत्कालै लाग्ने, चिन्ताका कारण यौनको लतको गम्भिर स्थिति उत्पन्न हुनसक्छ । त्यसमा मदिरा र नसालु औषधिको लतको पहिचान गर्ने र हटाउने । रक्सीजाँड वा नशालु पदार्थहरुको लतबाट मुक्त हुने । यस्ता पेय पदार्थ वा नसालु पदार्थले हामीलाई अन्य काममा नियन्त्रण राख्दैन र सहि निर्णय लिन सकिदैन । त्यसले यौन लतको सिकार पार्ने हुन्छ । त्यसैले मादक पदार्थ, धुम्रपान जस्ता लत छोड्न आवश्यक छ । यसो गरेमा यौन लतबाट बच्न सकिन्छ । सर्बप्रथम त यौन, सम्भोग केही होइन भन्दै यसको सदुपयोग भन्दा जथाभावी, लापरवाही गर्ने वा आवश्यकता भन्दा बढि संकुचित बनाएर दबाएर राख्ने गल्ति गर्नु हुदैन । यौन सम्बन्धी खुलेर कुरा गर्ने र यसको स्वास्थ्य ज्ञानबारे कुरा गर्ने, जानकारी लिने, अध्यायन गर्ने गर्नुपर्दछ । यौन वा सम्भोगको उपयुक्त समयभन्दा अगाडी यसप्रति बढि सोच्ने वा कल्पना डुब्नुको सट्टा सिर्जनात्मक काम, पेशा वा व्यवहारमा लाग्ने । उचित र सुरक्षित यौन सम्पर्कका लागि मात्र तयार हुने । यौन साथीसंगको स्वास्थ्य छलफल र अपसी समझदारीमा सम्बन्ध अगाडी बढाउने । कहि कतै यौन लतको सिकार त भइने होइन भन्नेप्रति सचेत भइरहने र आप्mना गलत ब्यवहार वा लतहरु त्यागिहाल्ने र आप्mना महत्वपूर्ण दैनिकी वा कामहरु, व्यवहारतिर लाग्ने गर्दा लौन लतबाट सजिलै बच्न सकिन्छ । –स्राेत : विभिन्न अनलाइन
