Friday, June 12News That Matters

कटारीमा एमालेको अग्रता कायमै

पूर्णपुष्टि, जेष्ठ ७
कटारी नगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । हाल सम्म ७ देखी १४ सम्म गणना गरिसक्दा एमालेको उम्म्ेदवार ज्ञानेन्द्र श्रेष्ठले २८२७ मत प्राप्त गरेको छ भने गठबन्धनबाट कांग्रेस उम्मेदवार राजेशचनद्र श्रेष्ठले २७६४ मत पाएका छन् । यस्तै स्वतन्त्र तर्फ जेब्रा चुनाव चिन्ह केपी बरालले १४७८ मत प्राप्त गरेको छ । यसैगरी अन्य स्वतन्त्र उम्मेदवार मुढा चिन्हका बाल कृष्ण थापाले ९१०, भिम कुमारी राउत धाराले १३३, भाले चिन्ह प्रेम वहादुर आलेले ६४, राप्रपाका पुष्पराज भण्डारीले १९, नेपाल मजदुर किसान पार्टीका चन्द्र वहादुर कार्कीले ९ मत प्रमुख पदमा पाएका छन् । यसैगरी उपमेयरमा पनि एमालेकै गिता खड्का अग्र स्थानमा छिन् । उनले २९६८ मत प्राप्त गर्दा माओवादीका विनोद कटुवालले २४०३ मत प्राप्त प्राप्त गरेको छ । यसैगरी एकीकृत समाजवादीका हृदय बहादुर तामाङले ११७३, कृष्ण बहादुर थापाले १००२ मत ल्याएका छन् ।