
पूर्णपुष्टि, जेष्ठ ९
कटारी नगरपालिकामा गठबन्धनका राजेशचन्द्र श्रेष्ठले गति लिएको छ । हिजो सम्म एमालेका ज्ञानेन्द्र श्रेष्ठले पछि पारेको श्रेष्ठलाई आज बाट पून ः गठबन्धन अघि लागेको हो । भर्खरै मत गणनाको प्राप्त जानकारी अनुसार राजेशचन्द्र श्रेष्ठले ४ हजार ५ सय ७१ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिस्पर्धी एमालेका ज्ञानेन्द्र श्रेष्ठले ४ हजार ३ सय ५ मतले पछ्याई रहेका छन् । स्वतन्त्र उम्मेदावर कृष्ण प्रसाद बरालले ३ हजार ४ सय २७ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार गिता खड्काले ४ हजार ५ सय ८२ मत प्राप्त गरेकी छिन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका विनोद कटुवालले २ हजार ८ सय ४४ मत प्राप्त गरेका छन् । एकिकृत समाजवादी ह्दय बहादुर तामाङले २ हजार ७ सय ३३ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर थापाले २ हजार ४ सय ९५ मत प्राप्त गरेका छन् ।
