Friday, May 1News That Matters

कटारीमा टिवान रग्वी फुटबल प्रतियाेगिता सम्पन्न, त्रिवेणी मावि र सरस्वती मावि प्रथम

पूर्णपुष्टि, माघ १४
उदयपुरकाे कटारीमा सम्पन्न प्रथम अन्तर विद्यालय नगरपालिका स्तरीय छात्र, छात्रा ‘टीवान रग्बी’ प्रतियोगितामा छात्रतर्फ त्रिवेणी माध्यामिक विद्यालय र छात्रातर्फ सरस्वती मा.वि. हडैया प्रथम बनेका छन् ।
छात्रतर्फ मरुवा विद्यालय र छात्रातर्फ जनता मावि गुराँसे दाेस्राे भएका छन् ।
नेपाल रग्बी संघ कोशी प्रदेशको आयोजना र कटारी नगरपालिकाको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हाे । संघका अध्यक्ष विनोद कटुवाल (दिवश) का अनुसार प्रतियोगितामा छात्र तर्फ आठ र छात्रा तर्फ सात विद्यालय टिम प्रतिष्पर्धामा उत्रिएका थिए ।
प्रतियाेगितामा त्रिवेणी माविका सुमन विक छात्र तर्फकाे उत्कृष्ट खेलाडी घाेषित भए भने छात्रातर्फकी जनता मावि गुराँसेकी शुसिला सुनुवार उत्कृष्ठ घोषित भईन । उदयमान खेलाडीमा जनमुखी मावि वसेरीका भावना मगर घोषित भईन् ।
प्रथम हुनेले नगद १० हजार,  ट्रफी, मेडल र प्रमाणपत्र गरे । दोश्रो हुनेले नगद पाँच हजार , ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । उत्कृष्ट खेलाडीहरुले जनही दुई हजार तथा प्रमाण प्रदान प्राप्त गरे ।