Friday, May 1News That Matters

कटारीमा तामाङकाे शंकास्पद मृत्यु

पूर्णपुष्टि, माघ २३
उदयपुरकाे कटारी नगरपालिका -२ गराँस नजिकै अधिकारीटाेलमा स्थानिय ३९ वर्षिय युवराज तामाङकाे शब आज फेला परेकाेछ । टाउँकाेमा गहिराे र ठुलाे चाेट छ ।
स्थानीयका अनुसार तामाङकाे शंकास्पद मृत्य छ । हत्या गरि त्यहा फालिएकाे आशंका छ ।
स्थानीयका अनुसार शबकाे टाउकाे फुटेकाे ठुलाे चाेट छ त शब भएकाे ठाउँ र आसपासमा रगत छैन । चप्पल पैताला मै रहेकाे र घाेप्टाे अबस्थामा शब फेला परेकाे थियाे ।
प्रहरिले घटना संकास्पद  रहेकाे भन्दै अनुसन्धान बढाएकाे छ । केही संकास्पद मानिस पक्राउ गरि साेधपुछ थालेकाे छ ।
स्थानियले गाँजा तस्कर समुहबाट हत्या भएकाे हुनसक्ने आशंकासमेत गरेका छन् ।
तामाङकाे शब पाेष्टमार्टम गरि परिवारलाई जिम्मा दिएकाे जनाईएकाे छ ।