Thursday, April 9News That Matters

कटारीमा लापासे र मापासे गर्ने चालकको खोजी, मापासे गर्ने चालक र लापासे गर्ने सहचालक प्रहरी नियन्त्रणमाhttps://purnapusti.com/कटारीमा-लापासेर-मापासे-ग/

पूर्णपुष्टि संवाददाता
१८ चैत्र, २०८२ । उदयपुर
उदयपुरको कटारीमा लापासे र मापासे गर्ने चालकको खोजी भएको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारनाथ दोङका अनुसार हिजो सवारी साधनहरूको चेकजाँच गरी त्यस्ता चालकहरुको खोजी भएको हो । उहाँका अनुसार कटारी क्षेत्रमा सञ्चालन हुने यात्रावाहक सवारी साधनका चेकजाँच गर्ने क्रममा दुईजना चालक मादक पदार्थ सेवन गरेका र एकजना सहचालक लागू पदार्थ सेवन गरेका फेला परेका हुन् । उनीहरू यात्रुको जीवनमा गम्भीर लापरवाही गर्ने चालकमा पर्दछन् ।
कटारी नगरपालिका, प्रादेशीक अस्पताल कटारी, इ.प्र.का.कटारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको सहकार्यमा सवारी साधनमा लापासे र मापासे चेक गरिएको थियो।
चेकजाँच टोलीमा इ.प्र.का.कटारी उदयपुर प्रमुख प्र.ना.उ. केदारमान दोङको टोली,   जि.ट्रा.प्र.का.उदयपुर प्रमुख प्र.नि. दान बहादुर मिरिङचिङको टोली, कटारी न.पा.का जनप्रतिनीधिहरु र प्रादेशीक अस्पताल कटारीका स्वास्थ्यकर्मीहरु खटिएका थिए ।
टोलीले यात्रुबाहक सवारी साधनहरुलाई  मा.प.से. र ला.प.से.चेकजाँच गरेका थिए । २४ वटा यात्रुबाहक सवारी साधनहरु चेकिङमा मा.प.से. गरेका २ सवारी चालक फेला परेको र ला.प.से.गरेका सहचालक-१ फेला परेको थिए ।
उनीहरूलाई आबश्यक जरिवाना कार्वाही गरी नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।