
पूर्णपुष्टि,चैत्र ३ । ‘वन वातावरण तथा जैविक विविधता संरक्षणमा सहभागी बन्नौ ’ भन्ने मूल नारासहित कटारीमा वन डढेली नियन्त्रण सप्ताहा सुरु गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणी (कटारी)को आयोजनामा विहिवार सप्ताहाव्यापी कार्यक्रम सुरु भएको हो ।
कार्यक्रम अन्र्तगत कटारी बजारमा डढेलो नियन्त्रण सम्बन्धि जनचेतनामुलक र्याली गरिएको थियो । उक्त र्यालीले कटारी बजार बरिक्रमा गर्दै मुख्य चोकमा आई सभामा परिणत भएको थियो । विभिन्न चेतनामुलक प्लेकार्ड सहित वन विज्ञान क्याम्पस कटारीका विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । कार्यालयका वन अधिकृत हिरालाल शर्माका अनुसार शुत्रवार देखि गाउँगाउँमा पनि जनचेतनामुलक कार्यक्रम गरिने जनाएका छन् ।
साताभरी वन डढेलो नियन्त्रण गर्ने तथा जनचेतनामुलक कार्यक्रम गर्ने कार्यालयको योजना छ । वन क्षेत्रमा डढेलो सुरु भईसकेको भन्दै सवैलाई सचेत भएर वनमा आगो नलगाउन पनि कार्यालयले आग्रह गरेको छ ।
