Wednesday, June 17News That Matters

कटारीमा विद्यार्थीहरुलाई नि : शुल्क पाठ्यपुस्तक सहित पोशाक वितरण

पूर्णपुष्टि, बैशाख १७ । उदयपुरको कटारी नगरपालिका ३ बलियास्थित मंगल परोपकार आधारभूत विद्यालयले विद्यार्थीहरुलाई निशुल्क पाठ्यपुस्तक सहित पोशाक वितरण गरेको छ ।

ईटहरीको श्री मुक्तीनाथ सामुदायिक टोल विकास संस्थाको फडिन्द्र पौडेल स्मृती अक्षयकोषबाट वालबालिकाहरुलाई निशुल्क पाठ्यपुस्तक सहित पोशाक वितरण गरिएको हो । कटारीका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बालबालिका पाठ्यपुस्तक सहित पोशाक प्रदान गर्दै विद्यालयलाई तत्कालै नगरपालिकाबाट संञ्चालन अनुमति दिने बताएका छन् । उनका अनुसार आवश्यक प्रकृयाका बारेमा छलफल गरी विद्यालयलाई अनुमती दिईने छ ।

हाल कक्षा १ सम्म संञ्चालित विद्यालयमा अधिकाँस विपन्न परिवारका ५४ जना वालवालिकाहरुले निशुल्क अध्ययन गर्दै आएको प्रधानाध्यापक ओमप्रसाद ढुंगेलले बताउनुभयो । ४ वर्ष अघि श्री कृष्ण प्रणामी मन्दीर वलियाको सहकार्यमा वृद्धाश्रमसँगै वालवालिकाहरुलाई निशुल्क अध्ययनका लागि विद्यालयको स्थापना गरिएको थियो भने हालसम्म विद्यालयको सवै खर्च संस्थाबाट आउने गरेको छ ।