
पूर्णपुष्टि, जेठ ६ कोरोना महामारीकाबीच कटारी नगरपालिकाले वडा नं. ४ को सुकुम्बासी बस्तीमा घर भत्काएकोमा राजनीतिक दलहरुले विरोध जनाएका छन् । स्थानीय सन्तबहादुर सुुनुवार र क्रियापुत्रीसमेत बसेका निदेश दनुवारको घरसमेत भत्काएको भन्दै उदयपुरका कांग्रेस, माओवादी, भाजपा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी) लगायतका पार्टीहरुले विरोध जनाएका हुन् ।
उनीहरुले विज्ञप्ती नै निकालेर विरोध जनाएका हुन् । महामारीको बेला घर भत्काउन गलत भन्दै विरोध जनाएका छन् । साथै घर भत्काएपछि आन्दोलित भएका मध्ये चार जनालाई प्रहरीले पक्राउ गरेकोमा विनासर्त रिहाइको माग गरिएको छ । वार्ताबाट समस्या समाधानको गर्न भनिएको छ ।
सुकुम्बासी बस्तीका दुई घर भत्काएपछि आन्दोलित बनेका सर्बसाधारणहरुले पक्राउ परेकाहरु विनासर्त रिहाइका साथै पिडितलाई क्षतीपूर्तीको माग राखेका छन् । आन्दोलित बनेका उनीहरुले हिजो मेयर, उपमेयर, वडाध्यक्ष र नगरपालिकाका एक कर्मचारीको घरमा ढुंगामुढा गरेका थिए । हाल महामारीकाबीच कटारीमा उत्पन्न समस्या हलका लागि दुबैपक्षबीच कटारी नगरपालिका बार्ता चलिरहेको जनाइएको छ ।
