Wednesday, August 5News That Matters

महन्त ठाकुरलाई प्रधानमन्त्री बनाउन उपेन्द्र यादवको प्रस्ताव

पूर्णपुष्टि, जेष्ठ ७

जसपाका नेता तथा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुरालाई प्रधानमन्त्री बनाउने प्रस्ताव उठाएको छ ।

आफ्नो पार्टीको तर्फबाट ठाकुरलाई प्रधानमन्त्री बनाउने गरी आफुहरु अगाडी बढ्ने जनाएको छ । ‘अब ठाकुरजीलाई प्रधानमन्त्री बनाउनुपर्छ । हाम्रो पार्टीले उहाँलाई नै अगाडि सार्छ,’ उनले भने, ‘यस विषयमा अरू पार्टीसँग हामी कुराकानी गर्छौं ।’

राष्ट्रपतिले आज साँझ ५ बजेभित्र संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार आह्वान बनाउन समय दिएकी छन् ।

यस्तो परिस्थितिमा यादवले शुक्रबार बिहान पार्टीले अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने बताए ।

केही दिनअगाडि जसपाका दुई अध्यक्ष ठाकुर र यादवबीच प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नजाने बरू आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए अगाडि बढ्ने सहमति भएको थियो ।

संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री भएका ओलीले विश्वासको मत नलिई÷राजीनामा नदिई राष्ट्रपतिले बिहीबार संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन् ।

उनले अरू सरकार नबनोस् भन्ने नियत राखेर रातको समय पारेर नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान भएकोसमेत दाबी गरेका छन् ।