
पूर्णपुष्टि, बैशाख १९ । जिल्लाको कटारी नगरपालिकाले निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । नगरपालिकाले आगामी बैशाख २६ र २७ गते वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।
काठमाडौं मेडिकल कलेज काठमाडौं र नोवेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा नगरपालिकाले निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार शिविरमा मुटु , नशा , जनरल मेडिसिन , प्रसुती तथा स्त्री , हाडजोर्नी , नाक , कान , घाँटी रोगको निशुल्क उपचार सेवा दिईने भएको छ । त्यसैगरी छाला तथा यौन , शल्यकृया , आँखा , वाल , दन्त , ईको , भिडियो एक्सरे र ल्यावको सेवा दिईनेछ ।
शिविरदेखी थप उपचार गर्न काठमाडौं मेडिकल कलेज गएमा औषधि भन्दा बाहेक पूर्ण छुट र नोबेल गएमा औषधि बाहेक ५० प्रतिशत छुटमा उपचारको व्यवस्था मिलाईएको आयोजकले जनाएको छ । शिविरमा आएर स्वास्थ लाभ लिनको लागी आग्रह गरेको गर्दै नगरपालिकाले जिल्लाको सबै बिरामीको निशुल्क जाँच गरिने जनाएको छ ।
