Thursday, July 30News That Matters

कटारी नगरले ८ सय बढी सुत्केरी र गर्भवती महिलालाई बाँड्यो १३ प्रकारका पौष्टीक आहारा

पूर्णपुष्टि, असार ६

सुनौलो हजार दिनको अवसर पारी कटारी नगरपालिकाले ८ सय बढी सुत्केरी तथा गर्भवती महिलाहरुलाई १३ प्रकार बढीका पौष्टीक आहारा तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

नगरर भित्र रहेका १४ ओटै वडाहरुका ६ महिना देखिको गर्भवती र ६ महिना सम्मको सुत्केरी आमाहरुलाई विभिन्न १३ प्रकारका पौष्टीक आहारा र स्वास्थ्य सामाग्री प्रदान गरेको नगरपालिकाकी उपमेयर भिम कुमारी राउतले बताउनुभयो ।

राउतले यस पोषण युक्त खाना र स्वास्थ्य सामाग्रीले बच्चा र आमाको स्वास्थ्यमा महत्पूर्ण योगदान पुराउने बताउनुभयो ।

बिहिबार  नगरपालिका आसपासका महिलाहरुलाई पालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपमेयर राउतले संयुक्त सामाग्री सामाग्री हस्तान्तरण गर्नुभयो ।

बच्चा र आमा दुवैका लागि स्वास्थ्य बर्धक पोषण युक्त खाद्यन्न र स्वास्थ्य सामाग्रीहरु पाएपछि आमा बन्न लागेकी महिला र आमा वनिसकेकी महिलाहरु निकै खुशी भएका छन् ।

क्षेत्रिय पोषण कार्याक्रम अन्तर्गत नगरपालिका र संघिय सरकारको सहयोगमा पोषण उपलब्ध गराईएको उपप्रमुख राउतले बताउनुभयो  ।

स्वास्थ्यकर्मीहरुको रोहबर र सल्लाह अनुसार बिभिन्न पोष्टीक आहरा चामाल, चना मटर, घिउ, काजु, तेल, अण्डा, सरसफाईका लागि, सावुन, टावेल, झोला, काँइयो नैईल कटर लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।