
पूर्णपुष्टि, असार ६
नेपालमा जातीय विभेद अन्त्यको घोषणा भएपनि विभेदकारी सोँच र यसको कार्यान्वयनको समस्या जिवित नै छ । देश मानव संसारले निकै अघि बढीसकेको छ । यो समय सचेत नागरिकहरुको समय रहेको भएपनि सचेत नागरिकहरुले नैै आफ्नो सोेच बदल्न नसकन्ने व्यतिm तथा नागरिकहरु समाजमा प्रसस्त भेटिन्छन् । यो नजान्नेहरु भन्दा पनि अत्यादिक जान्ने बुझ्नेहरु बाटै आज समाजमा विकृतीको चाङ लागेको छ । एउटा घरबेटी जस्तो मान्छेले जातको नाममा मानवलाई सडकमा झार्ने काम हाम्रो नेपाली समाजमा अझै छ ।
तनहुकी २४ वर्षीया रुपा सुनार काठमाण्डौँमा एक घरमा कोठा खोज्दै पुग्छीन् । साथीको सम्पर्कबाट कोठा खोज्न गएकी रुपाले कोठा पनि भेटिन् । सुरुमा कोठा दिने भनिएकी घरबेटीले जात थाहा पाउन साथ कोठा नदिने तत्काल निर्णय गरिन् । यसै घटनामा आफ्नो पिडा लिएर उजुरीसहित सुनार प्रहरीमा पुगिन् । उजुर पछि बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
आफ्नी आमासँग बस्दै आएकी रूपा गत मंगलबार बबरमहलमा कोठा खोज्न गएकी थिइन् । आफ्नी साथीले देखाउन लगेको कोठा रूपालाई मन परेको थियो । सुरूमा घरबेटीले कोठा दिने कुरा गरेकी थिइन् ।
भाडाको कुरा गरेपछि जातको कुरा आउँदा रूपाले घरबेटीलाई आफू कामीकी छोरी हुँ भनेकी थिइन् । त्यसपछि भने घरबेटीले कोठा नदिएकी हुन् । रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन् ।
रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।
प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो ।
त्यसबमोजिम कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ ।
